Videos

हाक्का हाक्की ११८ भाग अब युटुबमा

हाँस्य ब्यग्य सिरियलले दर्शक पाउने नकार्न सकिन्न।चर्चित हाँस्य टेलिश्रृखला हाक्का हाक्की अब यतिबेला ११८ भाग सम्म पुगेको छ।बिकृतिको चिरफार गर्ने स्लोगन सहितको यो टेलश्रृखला पछिल्लो समय लोकप्रिय बनेको छ।कलाकार दमन रुपाखेतिको निर्देशन,राम थापाको लगानी रहेको हाक्का हाक्की डियल फिल्मसको प्रस्तुति हो।यो टेलिश्रृखला हाईलाइटस नेपालको यूटुबमा सार्बजनिक भएको छ, नेपाल च्यानलबाट हरेक आइतबार बेलुकी ८ः३० मा हेर्न सक्नु हुन्छ।जसमा दमन रुपाखेती,कबिता शर्मा, राजु भुजु, राम थापा, उमेश कुमार के सी, प्रकाश न्यूपाने,जित थापा,पवन राई, धरनीधर न्यूपाने,मनिराज काफ्ले,राजन चौलागाई, आर के मानन्धर,राज कुमार र सुसान्त गीरीको अभिनय रहेको छ।

सुपरहिट मुभि”छक्का पञ्जा”को भ्यूज १ करोड यूटुबमा

आमा सरस्वती गीता देबी फिल्मस्को प्रस्तुति तथा दिपाश्री निरौलाद्धारा निर्देशित नयाँ सुपरहिट मुभि”छक्का पञ्जा”को भ्यूज १ करोड यूटुबमा पुगिसकेको छ ।जसमा कथाबस्तु र रियल किसिमको अभिनयले आजको दिनमा यो मुभिको दर्शक १ करोड पुग्न सफल भएको हो ।जसमा कलाकाहरु दिपकराज गिरी,प्रियंका कार्की,जितु नेपाल,केदार घिमिरे,बुद्धि तामाङ्ग,शिवहरि पौडेल,बर्षा राउत,किरण के सी,आदि हाँस्य कलाकार पात्रको छनोटले पनि अझ बढि चलचित्र राम्रो बनेको छ ।यसको कथाबस्तु, आजकालको नव–युवाहरु कामको खोजिमा अधिकाश किन विदेशिनु परेको छ ? र त्यसको परिणामले घर परिवारमा बिछोड तथा बिछोडले निम्त्याएका नराम्रा पक्षलाई यो चलचित्रले प्रस्त्याएको छ । यस चलचित्रको दुईवटा गीतहरु अत्यधिक हिट रहेको थियो जसमा पूर्व पश्चिम रेल र देखन चम्पा सुनन चम्पा रहेको थियो ।यो मुभि २०७३ सालको सर्वाधिक हिट तथा अहिले सम्मको बढि कमाई गरेको चलचित्रमा पर्छ।

मुभि ३ मन्किज्को फुल मुभि यूटुबमा

निर्देशक भाइराम श्रेष्ठको नयाँ नेपाली मुभि ३ मन्किज्को फुल मुभि यूटुबमा सार्बजनिक भएको छ। जसमा रेशम फिरिरि,सरोज के सी,दिलिप तामाङ,सरीना बयालकोटि आदि कलाकारहरु रहेको छ। यस चलचित्रमा हिमाल ,पहाड र तराईको मान्छेहरुको काठमाडौमा बस्दाको समस्या र बिबिधताको बारेमा यो चलचित्रले प्रत्याएको छ।

“छक्का पन्जा २”को ट्रिजर हाईलाईट्सको युटुबमा

बहु–प्रतिक्षित मुभि “छक्का पन्जा २”को ट्रिजर हाईलाईट्सको युटुबमा सार्वजनिक भएको छ।यो मुभिको निर्देशकको रुपमा दिपाश्री निरौला हुनुहुन्छ भने २०१६ सालको सर्वाधिक सुपरहिट फिल्म “छक्का पन्जा”को टिमद्धारा बनेको फिल्म हो।जसमा स्वोतिमा खड्का , स्वोरुप पुरुष ढकाल र निश्चल बस्नेतलाई नयाँ कलाकारको रुपमा प्रस्तुत गरेको छ।बाँकीका कलाकारहरु पहिला कै छक्का पन्जाको टिममा हुनु भएका दिपक राज गिरी, प्रियँका कार्की,जितु नेपाल,केदार घिमिरे,बुद्धि तामाङ्ग,शिव हरि पौडेल,किरण के सी र वर्षा राउत हुनुहुन्छ ।यो मुभि छक्का पन्जा फिल्मको सिक्वेल नभई अलि प्रिथक समाजिक रियल कथालाइ आधार बनाएर बनेको छ।जसमा सँगीत किरण कडेलको छ भने दिर्घ गुरुङ्गको सिनिम्याटोग्राफि रहेको छ साथै रोशन श्रेष्ठको एक्शन पनि रहेको छ। “छक्का पन्जा २”को रिलिज डेट असोज ११ गते हुने भएको छ।

मुभि “आधा लब”को ट्रेलर यूटुबमा

अर्पन थाापाको निर्देशनमा नयाँ मुभि “आधा लब”को ट्रेलर यूटुबमा सार्बजनिक भएको छ।जसमा मिथिला शर्मा,टिका पहारी,अर्पन थापा,ऋचा शर्मा,रेमन दास श्रेष्ठ,रोजिशा शाही,बिपिन मिक्की गुरुङ, आदि कलाकारहरु रहेका छन्। यो मुभि एउँटा रोमान्टिक लब, फ्यामिली ड्रामा मा आधारित मुभि हो।यो मुभिमा ऋचा शर्माको निर्माण रहेको छ।