” लास्टै रयाग भो ” को Title Song सार्वजनिक

हाईलाईटस नेपालको प्रस्तुति र घाउचोट प्रोडक्सनको सहकार्यमा बनेको Web series "लास्टै रयाग भो " को Title song "लास्टै रयाग भो" हाईलाईटस नेपालकै युटुब च्यानलबाट सार्वजनिक भईसकेको छ । नमिता तामाङ्ग , प्रतिक दुलाल , प्रनब आकास , मनोज तामाङ्ग , अरुण छेत्री ,ममता महर्जनको मुख्य अभिनय रहेको यो web series ले बर्तमान युवापुस्ताको मनोभावनालाई उजागर गर्न खोजेको छ । फरक फरक पात्रले बोकेका फरक फरक बिषयबस्तुलाई एकै ठाउमा समेट्न खोज्नुले पनि कथाको क्लाईमेक्सलाई थप रोचक बनाउछ भन्नेमा आसा गर्न सकिन्छ। Web series को यस Title song ले युवा पुस्ताको कुलत मोहलाई पनि पर्दाफास गर्न खोजेको छ । फरक स्वाद बोकेको गीतले सबै दर्शकको मन जित्छ भन्नेमा आसा गर्न सकिन्छ । गीतमा निर्णय " NSK " र आस्था बोगटीको स्वर रहेछ भने शब्द बिजय अधिकारीको रहेको छ । संकलकको रुपमा भने सुरज थपलिया रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'