प्रियंका कार्कीको चोली आईटम गीत सार्वजनिक

नेपाली चलचित्र ‘फाटेको जुत्ता’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘चोली …’ बोलको आईटम गीतमा सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् । गीतमा मिना निरौला र शँकर थापाको श्वर तथा सँगीत र शब्द भने डि पि खनालको रहेको छ । निरज कँडेलले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । अर्जुन कुमार फिल्मसको व्यानरमा तयार भएको ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । ‘फाटेको जुत्ता’मा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ । कमेडी जनराको यस फिल्ममा निकेश खड्काको निर्देशन छ ।फिल्म कार्तिक १७ गतेबाट नेपालभर प्रदर्शन हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'