दुई रुपियाँको दोस्रो गीत “दुई रुपियाँ ” सार्वजनिक

G21 Pictures र Black Horse Production को प्रस्तुतिमा बनेको नेपाली कथानक चलचित्र दुई रुपियाँको दुई रुपियाँ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। र्यापर द्वोय ऐडरे र लाहुरेको स्वर रहेको यस गीतमा कम्पोजर तथा संगीतकार रोहित शाक्य रहेका छन। Range Studio and Pulse Digital Recording Studio(pokhara) मा रेकर्ड गराईएको यस गीतको छायांकन भने हरी गुमागाई ले गरेका छन। दुई रुपियाँ हराउदा भोगेका अनेकौ समस्याहरुलाई गीतले रोचक ढंगद्वारा प्रस्तुत गरेको छ ।यहि फिल्मको पहिलो गीत कुटुमा कुटुले भने छिटो समयमा नै अत्याधिक चर्चा बटुलिसकेको छ। निश्चल बस्नेत ,असिफ शाह ,बुद्दी तामांग ,रबिन्द्र झा ,राजन इशान ,मेनुका प्रधान ,प्रतीक राज न्यौपाने ,टिका पहारी ,बिषारद बस्नेत लगायत अन्य कलाकारको अभिनय रहेको यस चलचित्रको निर्देशन असिम शाहले गरेका छन भने असिफ शाह र निश्चल बस्नेत यस फिल्मको निर्माता रहेका छन। फिल्म दुई रुपियाँ यहि भाद्र २३ गते प्रदर्शनमा आउदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'