चलचित्र ‘साढे ७’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’ बालेको गीत सार्वजनिक भएको छ । गीतमा मुख्य कलाकार सत्यराज आचार्य र सुप्रिया कटुवाल फिचरिङ छन् । सार्वजनिक गीतमा किरण गजमेरको स्वर रहेको छ भने अमृत खतिवडाको शब्द र गायक तथा चलचित्रका अभिनेता सत्यराजको सङ्गीत रहेको छ । साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्रमा सत्यराज र सुप्रियाको साथमा मेनका प्रधान, सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय रहेको छ ।  सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेशदेव पाण्डे, डिजे सन्तोष र निर्देशक भुटियाको संयुक्त लगानीमा निर्माण भएको चलचित्र  ‘साढे ७’ फागुन ११ गतेबाट प्रदर्शन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'