चलचित्र ‘रोमियो’को ‘तिम्रो यादमा ’बोलको गीत सार्वजनिक

कार्तिक २४ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘रोमियो’को ‘तिम्रो यादमा ’बोलको गीत सार्वजनिक  भएको छ । सार्वजनिक गीतमा श्वर,शब्द तथा सँगीत कुरबान् अली खान र अमृता लिब्बूको रहेको छ। गीतको कोरियोग्राफी शिशिर खाती,बिपीन मिक्की घिमिरे र सुरेस न्यौपानेको छ ।गीतको फिचरिङमा हसन राजा खान र निशा अधिकारीलाई देखाईएको छ ,साथै यसको अलवा चलचित्रमा लिड रोलमा मेलिना मानान्धर,बिष्णु प्रताप र स्यालिन मानान्धर लगायतका कलाकारहरु रहेका छन् । यसअघि चलचित्रको ल्याङ् ल्याङ् रोमान्टिक डान्सीङ गीत अत्यधिक चर्चामा रहेको थियो। एच आर के प्रडक्शन र ए एस को ब्यानरमा बनेको यो चलचित्रको निर्देशन भने शंकर कार्कीको रहेको छ ,साथै यसको अलवा निमार्ण पक्ष भने एच आर के प्रडक्शनको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'