चलचित्र ‘मेला’को खाली हुँदै गयो बोलको गीत सार्वजनिक

चलचित्र ‘मेला’को गीत हाईलाईट्स नेपालको युटुबमा सार्वजनिक भएको छ । ‘खाली हुँदै गयो …’ बोलको गीतमा सलोन बस्नेत र आयुष्मा नकर्मी माथि फिचरिङ गरिएका छन् । गीतमा बिक्रम राई, शशी रावलको श्वर,शब्द सँगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा प्रबित्रा आचार्यको कोरियोग्राफी रहेको छ । राजराधिका ईन्र्टटेन्टमेन्टको प्रस्तुतिमा तयार भएको ‘मेला’लाई मनोज कुमार मरोडियाले निर्माण गरेका हुन् । फिल्ममा सलोन बस्नेत, अमिश भण्डारी,आयुष्मा नकर्मी, बशन्त भट्ट र निरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । ‘मेला’मा अष्ट महर्जनको एक्सन, बिष्णु मैनाली को सम्पादन र हरि पन्तको लेखन छ । यस फिल्ममा वसन्त निरौको निर्देशन छ ।फिल्म कात्तिक २४ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'