चलचित्र ‘बटरफ्लाई’को म गाउँदिन अब गीत गजल गीत सार्वजनिक

बहुप्रतिक्षित चलचित्र ‘बटरफ्लाई’को म गाउँदिन अब गीत गजल तिम्रो यादमा ’बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा श्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ भने शब्द तथा सँगीत अर्जुन पोखरेलको रहेको छ । गीतको कोरियोग्राफीमा कबिराज गहतराजको छ ।गीतको फिचरिङमा आर्यन अधिकारी र प्रियँका कार्कीलाई देखाईएको छ ,साथै यसको अलवा चलचित्रमा अर्पण थापा ,रबिन्द्र खड्का ,पुरन थापा,सुष्मा कार्की,सुरबिर पन्डीत,मोहन निरौला,लगायतका कलाकारहरु रहेका छन् । यसअघि चलचित्रको होलिको रमाईलो गीत चर्चामा रहेको थियो ।द फ्रेम क्रियशन को ब्यानरमा बनेको यो चलचित्रको निर्देशन भने ओम प्रतिक रहेको छ ,साथै यसको अलवा निमार्ण पक्ष भने पुष्पान्जली अधिकारी,रामशरण राना,र भुपेन्द्र सुवेदी रहनु भएका छन् । चलचित्र पुष २८ गते प्रर्दशनको तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'