चलचित्र ‘झ्यानाकुटी’को भो मलाई चाहिँदैन अर्को बोलको गीत सार्वजनिक

बहुप्रतिक्षित चलचित्र ‘झ्यानाकुटी’को भो मलाई चाहिँदैन अर्को बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा श्वर धल्मेन्द्र सेवानको रहेको छ भने शब्द प्रदिप भारद्धवाज छ भने सँगीत बिकाश चौधरीको रहेको छ । गीतको कोरियोग्राफीे सिमोस सुनुवार र निशा अधिकारीको छ ।गीतको फिचरिङमा सौगात मल्ल र बेनिशा हमाललाई देखाईएको छ ,साथै यसको अलवा चलचित्रमा पुश्कर गुरुङ,अस्तल गुरुङ,सुमि मोक्तान र जीवन भट्टराई लगायतका कलाकारहरु रहेका छन् । यसअघि चलचित्रको तिमीलाई सानी बोलको रमाईलो गीत सार्वजनिक भएको थियो ।आलु प्रडक्शन को ब्यानरमा बनेको यो चलचित्रको निर्देशन भने सिमोस सुनुवार रहेको छ ,साथै यसको अलवा निमार्ण पक्ष भने स्वयम सिमोस सुवार र निशा अधिकारी रहनु भएका छन् । चलचित्र मँसिर १ गते प्रर्दशनको तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

'